औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी माग्यो

काठमाडौं– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार विभिन्न ७ पदमा स्थायी पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले ३० दिनभित्र आवेदन दिन सक्नेछन् ।